Before Header
After Navigation

सरकारबाट प्राप्त अनुदानको सहि सदुपयोग गर्न चौरपाटी गाउँपालिकाका अध्यक्ष साउदको आग्रह

Sagan sahari bhawan nirman aayojana

राजेन्द्र कुवर, अछाम
अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले सरकारबाट प्राप्त अनुदानको सहि सदुपयोग गर्न आग्रह गर्नु गर्नुभएको छ । कृषि अनुदान बितरण युवा लक्षित कार्यक्रम अन्तरगत चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनिमा अनुगमनकोक्रममा अध्यक्ष साउदले सो कुरा बताउनु भएको हो । युवा लक्षित कार्यक्रम अन्तरगत एक लाख ८० हजारका दरले तिन जनाले भैंसी पालन, एक लाखका दरले तिन जनाले बाख्रा पालन, ५० हजारका दरले दुई जनाले कुखुरा पालन, ६० हजारका दरले दुई जनाले तरकारी खेती र ५० हजारका दरले एक जनाले बंगुर पालन किसानले अनुदान प्राप्त गरेका थिए ।
अनुदान प्राप्त गरेका किसानले गाउँपालिकाको सर्त अनुसार काम गरे नगरेको जानकारी लिनका लागि गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदको नेतृत्वमा उपाध्यक्ष माया कुवर, वडा नम्बर १ सिउडिका वडा अध्यक्ष शालिभान साउद, वडा नम्बर ४ पायलका वडा अध्यक्ष हर्कबहादुर लुहार, वडा नम्बर ५ लुग्राका वडा अध्यक्ष टेकबहादुर खड्का, वडा नम्बर ६ दुनिका वडा अध्यक्ष मने साउद, कृषि शाखा प्रमुख झप्पर भुल, पशु शाखा प्रमुख पारस बोहरा, चौखुट्टे प्रहरी चौकिका इन्चार्ज गणेशबहादुर सिंह, चौरपाटी प्रहरी चौकिका इन्चार्ज अकबर सिंह धामी र समाजसेवी प्रेमबहादुर खड्काको सहभागिता रहेको थियोे ।
अनुगमनको क्रममा अनुदान प्राप्त गरेका केही किसानले युवा लक्षित कार्यक्रमको उदेश्य अनुसारको काम गर्न नसकेको बताएको अनुगमन सहभागीले बताएका छन ।

Shaileshwori
Loading...