सुदुर पश्चिम प्रदेशमा कोरोनाका कारण थप एकको ज्यान गयो
कैलाली
सुदुर पश्चिम प्रदेशमा कोरोनाका कारण थप एकको ज्यान गएको छ । थप एक जनाको मृत्यु भएसंगै प्रदेशमा कारोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १२ की ३० बर्षीया महिलाको मृत्यु भएको हो ।
बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी महिलाको उपचारका क्रममा बुधबार राति ८ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनु भयो । महिलामा कारोना पुष्टि बिहिबार भएको हो । महिलाको सवलाई बिहिबार भवानी दल गणबाट सह सेनानी नवलसिंह रोकायाको कमान्डमा रहेको सेनाको टोलीले व्यवस्थापन गरेको छ ।