विश्वभर २ करोड ५६ लाख ६६ हजार बढीले कोरोना जिते

Sayalb

विश्वभर २ करोड ५६ लाख ६६ हजार ४ सय ६६ जानले कोरोना जितेका छन । ३ करोड ४४ हजार ७६ हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० लाख २७ हजार ६ सय ३१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको वल्ड्रोमिटरले जनाएकोे छ । वल्ड्रोमिटरका अनुसार सबै भन्दा बढी कोरोनाको संक्रमण दर अमेरिकामा रहेको छ । यो समाचार तयार पार्दा सम्म त्यहा ७४ लाख ९४ हजार ६ सय ७१ जनामा कारोना संक्रमण देखिएको छ भने ४७ लाख ३६ हजार ६ सय २१ जनाले कोरोना जितेका छन । २ लाख १२ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।

विश्वको कोरोना संक्रमण दरमा दोस्रो स्थानमा रहेको भारतमा ६३ लाख ९१ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५३ लाख ४८ हजार ६ सय ५३ जनाले कारोना जितेका छन भने करिब एक लाख (९९ हजार ८ सय ४) जनाको ज्यान गएको छ । त्यस्तै बा्रजिलमा ४८ लाख ४९ हजार २ सय २९ जनामा कारोना संक्रमण पुष्टि भएको छ । त्यहा जम्मा संक्रमित मध्ये ४२ लाख १२ हजार ७ सय ७२ जनाले कोरोनालाई जितेका छन भने १ लाख ४४ हजार ७ सउ ६७ जनाको मुत्यु भएको छ ।

Shaileshwori
Loading...