युएसएसबिएमद्वारा मुक्त हलिया सञ्जालका लागि क्षमता विकास तालिम

असोज २७, डोटी 

पुर्विचौकी गाउँपालिकामा संस्थागत क्षमता विकास तालिम सम्पन्न भएको छ । शनिवार पुर्विचौकी गाउँपालिका-४ साना गाउँ स्थित पालिका स्तरीय मुक्त हलिया सञ्जाल र समूहका लागि एक दिने संस्थागत क्षमता विकास तालिम सम्पन्न भएको हो । मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवर्द्धनका लागि सामूहिक प्रयास–२ परियोजना अन्तरगत एलडब्लुएफको आर्थिक सहयोग र उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) को आयोजनामा तालिम सम्पन्न भएको संस्थाका जीविकोपार्जन सहजकर्ता गणेश कोलीले बताए ।

तालिममा मुक्त हलियाको पुनः स्थापनामा जोड दिने, उनीहरूको आर्थिक, सामाजिक तथा शैक्षिक अवस्थामा सुधार ल्याउने र हलिया सङ्गठनको विकास गर्ने कुरामा छलफल गरिएको छ । साथै मुक्त हलिया सञ्जालको बैठक नियमित बस्ने, जतिसक्दो चाँडो विधान दर्ता गरिसक्ने तालिमका सहभागीले प्रतिबद्धता जनाएका छन् ।

पुर्विचौकी गाउँपालिका मुक्त हलिया सञ्जालका अध्यक्ष प्रेम सीँ विकले आफूहरूका समस्याहरू कार्यपालिका बैठकमा पुर्‍याउन बैठकमा उपस्थित कार्यपालिका सदस्यलाई आग्रह गरे । उनले भने, दलित मात्रै भोट बैङ्कको रूपमा प्रयोग भइरहेछन् अब सचेत हुनुपर्छ । कार्यपालिका सदस्य गोपाल ढोलीले मुक्त हलियाको कार्यविधि पास गराउन पहल गर्ने बताए । उनले मुक्त हलियाका समस्या समाधान गराउनको लागि एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

Sayalb

मुक्त हलियाको तथ्याङ्क सङ्कलन गर्न सुरुमा कार्यविधि चाहिने र कार्यविधि पास गराएर थप काम गर्न सकिने जिल्ला मुक्त हलिया महासङ्घ डोटीका अध्यक्ष बजिर सीँ नेपालीले बताए । उनले कैयौँ मुक्त हलिया कष्टकर जीवन बिताइरहेको र उनीहरूको समस्या समाधानका लागि उठाएको आवाजको सुनुवाइ नभइरहेकाले सङ्घर्षका कार्यक्रम गर्ने चेतावनी समेत दिए ।

युएसएसबिएम डोटीका अध्यक्ष टीका सीँ नेपालीले दलित समुदायको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि चलाख बन्नुपर्ने बताए । कार्यपालिका बैठकमा प्रस्ट कुरा राख्न अनुरोध गर्दै सल्लाह सुझाव च्याइएमा आफूहरू जति बेला पनि तत्पर रहने उनले बताए ।

तालिममा जनप्रतिनिधि, हलियाका अगुवा नेता, मुक्त हलिया सञ्जालका पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...