नेपाल त्रिकोणात्मक शृङ्खलाको फाइनलमा : तेस्रो खेलमा हङकङमाथी ७९ रनको जित 

काठमाडौँ । नेपालले एक खेल अगावै काठमाडौँमा जारी त्रिकोणात्मक शृङ्खलाको फाइनलमा स्थान बनाएको छ । शनिवार मुलपानि क्रिकेट मैदानमा हङकङलाई ७९ रनले पराजित गरेकोसँगै नेपालले फाइनलमा स्थान बनाएको हो ।
नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रनको विशाल योगफल तयार पारेको थियो ।  २ सय १४ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन मात्र बनाउन सक्यो । जारी प्रतियोगितामा नेपालको यो तेस्रो जित हो भने हङकङको दोस्रो हार ।
Sayalb
दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले विस्फोटक ब्याटिङ गरेपछि नेपालले विशाल लक्ष्य दिन सफल भएको थियो । नेपालका लागि मल्लले ४१ बलमा ९२ रन, ऐरीले ३४ बलमा ५७ रनको योगदान दिए । हङकङविरुद्धको खेलमा कुशल र दीपेन्द्रले पाँचौँ विकेटका लागि एक सय ४५ रनको साझेदारी गरेका थिए । यो टी—२० क्रिकेटमा पाँचौँ विकेटका लागि सबैभन्दा ठुलो साझेदारी हो । कुशल भुर्तेल २ रनमा आउट हुँदा आशिफ सेख २०, सोमपाल ८, कप्तान रोहित पौडेलले ११ रन बनाए । यस्तै सन्दीप जोरा र गुलशन झाले नटआउट एक एक रन बनाए ।
हङकङका ब्याट्सम्यानहरू सुरुदेखि नै नेपाली बलरको दबाबमा परेका थिए । ओपनर मार्टिन कोएट्जी शून्य रनमै पेभेलियन फर्किए भने अर्का ओपनर निजाकत खानले पनि दुई रन जोडे । अन्सी राथले ४५ रन, बाबर हायातले २० रन, ईजाज खानले २५ रनको योगदान गरेका थिए । हङकङका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपाली टोलीका बलर करण केसी, सोमपाल कामी र ललित राजवंशीले समान दुई—दुई विकेट तथा दीपेन्द्रसिंह ऐरी र प्रतिश जिसीले एक—एक विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा युएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।
Shaileshwori
Loading...