
कैलाली : काँडा नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु भएको छ । बर्दगोरीया गाउँपालिका–६ का दीपक मल्लका ६ वर्षीय छोरा दिपसन मल्ल र योगेन्द्र मल्लका ७ वर्षीय छोरा आयुष मल्लको नदीमा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार काँडा नदीमा नुहाउन गएका उनीहरूको बिहीबार साँझ नदीमा डुबेर मृत्यु भएको हो । उनीहरूको शव नदीमा पानी जमेको गहिरो भागमा भेटिएको प्रहरीले जनाएको छ ।
