
कात्तिक १३, बारा । अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापकको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात समूहले गोली प्रहार गर्दा घाइते भएका बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) को उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा गोली लागे लगत्तै उनलाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पु¥याइएको थियो । त्यहाँबाट पनि उपचार हुन नसक्ने भएपछि काठमाडौँ रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरूले मृत घोषित प्रहरीले बताए । उनको घाँटी र छातीमा चार राउन्ड गोली लागेको छ ।
अहिले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, कलैया उपमहानगरपालिकाका मेयर विनोद शाह लगायतको टोली पनि अस्पतालमा पुगेको छ ।
