Before Header
After Navigation

भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लाका १२२ जनाको मृत्यु

कात्तिक १८ । गएराती गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिम जिल्लामा मात्रै कम्तीमा १२२ जनाको मृत्यु भएको छ । जाजरकोटमा ८६ र रुकुमपश्चिममा ३६ जनाको मृत्यु भएको बताइएको छ ।
जाजरकोटमा मात्रै ८६ जनाको मृत्यु भएको डीएसपी सन्तोष रोकायाले जानकारी दिए । यस्तै रुकुमपश्चिममा अहिलेसम्म ३६ जना भन्दा बढीको मृत्यु भएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जानकारी दिए ।  भूकम्पमा परेकाको खोजी जारी रहेको र मृतकको सङ्ख्या बढ्नसक्ने बताइएको छ । भूकम्पमा परी सयौँ बढी घाइते भएका छन् ।
Sagan sahari bhawan nirman aayojana
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
Shaileshwori
Loading...