
कात्तिक १८ । गएराती गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय २८ पुगेको छ । जाजरकोटमा ९२ र रुकुमपश्चिममा ३६ जनाको निधन भएको बताइएको छ । जाजरकोटमा ५५ जना र रुकुमपश्चिममा अहिलेसम्म ८५ जना भन्दा बढी घाइते भएका छन् । विवरण आउने क्रम जारी छ । अहिले उद्धारको कार्य भइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
