
कार्तिक २३, डोटी । धिर्कामान्डौ बोगटान फुड्सिल गाउँपालिका स्तरीय रनिङ सिल्ड प्रतियोगिताको फाइनलमा पुगेको छ । बोगटान फुड्सिल गाउँपालिका-१ को आयोजनामा सिमचौरमा जारी गाउँपालिका स्तरीय पाँचौँ रनिङ सिल्ड भलिबल प्रतियोगिता २०८० मा चवराचौतारालाई हराउँदै धिर्कामान्डौ फाइनलमा पुगेको हो ।

बिहिवार भएको सेमिफाइनल खेलमा धिर्कामान्डौले टिम चवराचौतारालाइ २३-२५, १९-२५, २५-२३, २५-१९, र १५-५ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो । फाइनलमा धिर्कामान्डौले केदारअखडा र सिमचौरबिचको विजेतासँग खेल्ने छ ।
केदारअखडा र आयोजक सिमचौरबिचको फाइनल खेल भोलि हुने वडा अध्यक्ष खेम घर्तीमगरले बताएका छन् ।
