आजदेखि विधिवत रुपमा छठपर्व सुरु

आजदेखि विधिवत रुपमा छठपर्व सुरु भएको छ। छठपर्व गर्ने व्रतालुले आज पहिलोदिन माछ मरुवा बार्ने अर्थात माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाइ चोखो खाने गर्छन्।

उनीहरु खानामा माछा मासु, कोदो, उसिनेको चामल, मुसुरो र तामसी तथा राजसी भोजन परित्याग गर्ने गर्दछ। जसलाई स्थानीय भाषामा माछ मरुवा बार्ने दिन तथा ‘अरबा/अरबाइन’ खाने दिन पनि भन्ने गरिन्छ। प्रकृतिको पूजा हुने यस पर्व मनाउने क्रममा हरेक वस्तु अनिवार्य रुपमा शुद्ध हुनुपर्ने धार्मिक नियम रहेको छ।

Sayalb

छठपर्वको दोस्रो दिन शुक्रबार व्रतालु नहाय खाय विधी गर्छन्। तेश्रो दिन शनिबार खरना मनाइन्छ। यस दिनको साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको चामल, सक्खर र दूध मिलाएर बनाएको खिर छठी माईलाई चढाएर प्रसाद स्वरुप घरपरिवारले ग्रहण ग्रहण गरिन्छ।

यस वर्षको छठ पर्वको मुख्यपूजा आइतबारका दिन परेको छ। यसदिन साँझ व्रतालुले नजिकको जलाशयमा पुगी बेलुकीपख अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। ठेकुवा, भुसुवा, टिकुवा, केरा, नरियल, अदुवा, उखु लगायतका पूजा सामग्री लिइ अस्ताउँदो सूर्यलाई अर्घ दिने  गरिन्छ।

पर्वको अन्तिम अर्थात पाँचौ दिन सोमबार बिहान उँदाउँदो सूर्यलाई अर्घ दिई छठपर्वको विधिवत रुपमा समापन गरिन्छ।

Shaileshwori
Loading...