Before Header
After Navigation

बैतडीमा जिप दुर्घटना : एक जनाको मृत्यु,पाँच घाइते

बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ घोडेधारमा आज बिहान जीप दुर्घटना हँदा दोगडाकेदार गाउँपालिका–८ का ३५ वर्षीय अम्मर बिष्टको मृत्यु भएको हो।

Sagan sahari bhawan nirman aayojana

कटौजपानीबाट सिल्लेगडातर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।

केसीका अनुसर जीप दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन्। घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको छ। घटनास्थलतर्फ प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Shaileshwori
Loading...