पुर्विचौकीका कृषकलाई डिजिटल कृषि सम्बन्धी जानकारी दिइँदै

मङ्सिर १४, डोटी । डोटीको पुर्विचौकी गाउँपालिकाका स्थानीयलाई डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्र सम्बन्धी जानकारी गराइएको छ । पुर्विचौकी गाउँपालिका र जिओ कृषिको साझेदारीमा गाउँपालिकाका ६ वडाका एक हजार ५१ जना स्थानीयलाई डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्र सम्बन्धी जानकारी गराइएको हो ।
विभिन्न समयमा वडा नम्बर एक खिरसैनका एक सय ६५ जना, वडा नम्बर ३ गैरागाउँका ४९ जना, वडा नम्बर ४ सानागाउँका दुई सय २३ जना, वडा नम्बर ५ काडामान्डौका दुई सय ६२ जना, वडा नम्बर ६ गाजरीका दुई सय ५४ जना र वडा नम्बर ७ पोखरीका ९८ जनालाई जानकारी गराइएको छ । कृषि सहकारी संस्थाका सेयर सदस्य, कृषक समूहका सदस्य, आमा समूहका सदस्य,  कृर्षी तथा पशुपक्षी फर्म र अगुवा कृषकहरूलाई कृषीसम्बन्धि विभिन्न जानकारी गराइएको राजेश कोलीले बताएका छन् । कोलीका अनुसार उनीहरूलाई मौसम सम्बन्धी सही सूचना कसरी प्राप्त गर्ने, किसाने उत्पादन गरेका उपजलाइ कसरी बजारीकरण गर्ने र कृषि उपजको उत्पादन कसरी बढाउने लगायतको जानकारी दिइएको छ ।
Sayalb
पछिल्लो समय कृषकले मोबाइलबाटै कृषि बाली तथा पशुपालनमा देखिने समस्याको कम लागतमा सजिलै समाधान गर्न सक्ने भएकाले प्राविधिक ज्ञान दिइन थालिएको हो । स्थानीय तहमा रहेको कृषि परामर्श सेवा केन्द्र मार्फत कृषकहरूलाई सही समयमा आवश्यक जानकारी दिने उद्देश्यले पुर्विचौकी गाउँपालिकामा यस्ता कार्यक्रम भइरहेका छन् ।  जिओ कृषि एप्लिकेशनबाट बजार मूल्य, ५ दिन सम्मको मौसमको जानकारी, बालीनालीमा देखिने समस्याको परामर्श लगायतका जानकारी लिन सकिन्छ । जसको लागि किसानले एप्लिकेशनमा नाम दर्ता गरेर समस्याको बारेमा लेखेर, फोटो खिचेर पठाउनुपर्ने हुन्छ ।
कार्यक्रम राम्रो रहेको भन्दै सहभागीले पुर्विचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय र गाउँपालिकालाई धन्यवाद दिएका छन् ।
Shaileshwori
Loading...