शुक्रबार नेपालका ३ हजार ३ सय ७ जनाले कारोना जिते, थप २ हजार ७ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित जानकारीका क्रममा क्रममा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको बताउनुभयो ।

Sayalb

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र काठमाडौँ उपत्यकामा थप नयाँ १ हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ ।

Shaileshwori
Bolpatra
Loading...