समीरको शव एक हप्तासम्म पनि आफन्तले बुझ्न मानेनन् प्रहरी भन्छ ‘अनुसन्धान जारी छ’, आफन्त भन्छन् ‘विश्वस्त छैनौँ’ 

कर्ण चन्द  मङ्सिर १८, डोटी 
मङ्सिर १२ गते बिहान दिपायल सिलगढी नगरपालिका– ५ पुनामा मृत अवस्थामा भेटिएका पुन्नाका ३० वर्षीय युवा समीर भट्टको शव एक हप्तासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । शैलेश्वरी जात्राबाट फर्किएका समीरको हत्या गरिएको र हत्यारा पत्ता नलगाएसम्म शव नबुझ्ने भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।  मृतक समीरका काका उमाकान्त भट्टले भने ‘हामीले न्यायका लागी शव बुझन मानेका छैनौँ, प्रहरीले हामीलाई विश्वस्त हुने गरी कार्य अघि बढाएको जानकारी दिए वा हामी विश्वस्त बनाएमा शव बझ्न तयार छौँ ।’
सोमबार बिहान डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले मृतकका आफन्तलाई प्रशासनमा बोलाएर प्रहरीले घटनाका सन्दर्भमा अनुसन्धान गरिरहेको हुँदा शव बुझ्न आग्रह गरेका थिए । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी  अर्यालले अनुसन्धान भईरहेकोले प्राप्त तथ्य प्रमाणका आधारमा अनुसन्धान हुने हुँदा विश्वस्त रहनकालागी आग्रह गरेपनी आफन्तले मानेनन् । छलफलमा सहभागी एक आफन्तले भने ‘अनुसन्धानमा केही सकारात्मक विकास भएको वा प्रहरी अनुसन्धान नजिक पुगेको कुनै तथ्य बिना हामी शव बुझ्न सक्दैनौँ त्यसरी बुझेर दाहसंस्कार गर्ने भए त सुरुमै गरी सक्थ्यौँ हामीलाई न्याय चाहिन्छ न्यायका लागी लडाई हो ।’
घटना भएको एक हप्ता बित्दा समेत आफन्तले शव बुझ्न नमानेपछि प्रहरी प्रशासनलाई दबाब थपिएको छ । समीरको बलाई अहिले जिल्ला अस्पताल डोटीको शबघरमा राखिएको छ । मृतक भट्टको टाउकोको पछाडि भागमा चोक लागेको छ । घटना भिरबाट  खसेको जस्तो देखाउन खोजेपनी अन्यत्र हत्या गरेर त्यहाँ फालिएको आफन्तहरूले आरोप लगाएका छन् ।
तिन जना प्रहरी नियन्त्रणमा 
Sagan sahari bhawan nirman aayojana
समीर मृत्यु प्रकरणमा आफन्तले तिन जना विरुद्ध किटानी जाहेरी दिए पछि स्थानीय तिन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  मङ्गलवार बिहान दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ पुन्ना स्थित सडक नालिमा मृत भेटिएका ३० वर्षीय भट्टको हत्या गरेको  आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार तीन जनालाई नियन्त्रणमा लिई बिहीबार म्याद थप गरी अनुसन्धान थालिएको छ । नियन्त्रणमा लिएकाहरूको प्रहरीले परिचय भने प्रहरीले खुलाएको छैन ।  मृतक भट्टको टाउकोको पछाडि भागमा चोट लागेको थियो । सडकको किनारमा आधा कपडा खोलिएको अवस्थामा मृत भेटिएका थिए ।  अहिले भट्टको शव जिल्ला अस्पताल डोटीको शबगृहमा राखिएको छ ।
अनुसन्धान जारी छ :  कोइराला 
समीर मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए । कोइरालाले मुलुकसंग  कुरा गर्दै भने ‘ हामीले अनुसन्धानका लागी तिन जना नियन्त्रणमा लिएका छौँ, नयाँ प्रविधिको प्रयोगका साथै विभिन्न ढङ्गबाट अनुसन्धान केन्द्रित गरेका छौँ ।’ अनुसन्धानमा कति प्रगति भयो ? भन्ने मुलुक प्रतिनिधिको प्रश्नमा कोइरालाले भने ‘हामीले त्यसरी भन्न मिल्दैन त्यो तपाईँले पनि सोध्न मिल्दैन अनुसन्धान  भइरहेको बिषय धेरै कोट्याउन हुन्न हामी अहिले यत्ति  भन्छौँ अनुसन्धान जारी छ ।’
अनुसन्धानमा कुनै कसर नराख्ने बताएका प्रहरी प्रमुखलाई अनुसन्धान तिन जनामा मात्रै केन्द्रित छ वा त्यो भन्दा पनि अन्य कोणबाट अनुसन्धान भइरहेको छ भन्ने प्रश्नमा कोइरालाले भने ‘ अनुसन्धान  फराकिलो दायरामा भइरहेको छ ।’ अनुसन्धान प्रति आफन्त विश्वस्त हुन सकेका कारण शव बुझ्न नमानेको प्रसङ्गमा प्रहरी उपरीक्षक कोईरालले भने ‘हामी उहाँहरूसँग निरन्तर सम्पर्कमा छौँ, अनुसन्धान भइरहेको छ हामीसँग विश्वस्तै रहेको कुरा बताउनु हुन्छ अन्यत्र के भन्नु हुन्छ थाहा भएन हामीले नयाँ कुनै जानकारी भएमा गोप्यरुपमा हामीलाई जानकारी दिन भनेका छौँ ।’ अनुसन्धान प्रति विश्वस्त भएको भए किन शव बुझेका छैनन् त भन्ने प्रश्नमा उनले भने ‘त्यो हामीलाई जानकारी भएन हामीसँग बस्दा शव बुझ्छौँ भन्नु हुन्छ सोमबार बिहान पनि प्रजिअ को अधि त्यही कुरा भन्नु भएको हो ।’
Shaileshwori
Loading...