चिल्ला भवन अगाडी धुलाम्मे सडक

सुबास नेपाली
Sagan sahari bhawan nirman aayojana
मङ्सिर २१, डोटी
डोटी जिल्लाको सदरमुकाम सिलगढी स्थित अधिकांश सरकारी कार्यालय भएर जाने जिल्ला प्रशासन कार्यालय देखी टुँडिखेल जोडने करिब ४ सय मिटर  सडक कालोपत्रे नहुँदा पैदल यात्री तथा नजिकैका व्यापारीहरूले सास्ती भोग्नु परेको छ।
हिउँदमा धुलाम्मे र वर्षा याममा हिलाम्मे सडक हुँदा स्थानीय व्यापारी तथा पैदल यात्रीहरूले समस्या झेल्दै आएको स्थानीय बताउँछन् ।सडक बिग्रेको वर्षौँ भइसक्दा पनि सम्बन्धित सरोकारवाला निकायको ध्यान नगएको प्रति स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्।
जिल्लामा हुने ठुला आम सभामा सहभागी हुन त्यही सडक भएर भिआइपी, भिभिआइपी त्यही बाटो भएर कार्यक्रम स्थल टुँडिखेलमा जाने गर्दछन् तर उक्त सडक बनाउने तर्फ कसैको ध्यान जान सकेको छैन। त्यस क्षेत्रमा ठुला ठुला सरकारी कार्यालयहरू भए पनि त्यस तर्फ कसैको ध्यान नजाँदा सडक धुलाम्मे हुँदा श्वास प्रश्वास सम्बन्धी रोगको जोखिम बढेको छ भने  उक्त ठाउको शोभा नै बिगारेको छ।
Shaileshwori
Loading...