
मङ्सिर २६, डोटी । डोटीको सिलगढीमा वार्षिक समीक्षा बैठक तथा आठौँ जिल्ला सभा सुरु भएको छ । जिल्ला समन्वय समिति डोटीको आयोजनामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा बैठक तथा आठौँ जिल्ला सभा मङ्गलवारबाट सुरु भएको छ । पहिलो दिन सभामा जिल्लाका नौ ओटै पालिका र क्रियाशील सरकारी तथा गैर सरकारी संघसस्थाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

जिल्ला समन्वय समिति डोटीको आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले र अन्य पालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले सभामा प्रस्तुत गरेका थिए । भोली प्रस्तुत प्रतिवेदन माथि समीक्षा हुने छ ।
