
पुस ०२, डोटी । शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले जन्म दिनको अवसर पारेर फलफूल तथा न्यानो कपडा वितरण गरेका छन् । सोमवार परेको जन्म दिन तथा आमाको पुण्य तिथिका अवसरमा नगर प्रमुख बलायरले जिल्ला अस्पताल डोटी र सुजङ्ग अस्पताल राजपुरका बिरामीहरूलाई फलफूल तथा सिलगढीमा रहेको पूज्य धर्मान्तक वृद्धाश्रमका तीन जना ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेका छन् ।

नगर प्रमुख बलायरले बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै बिरामीहरूको स्वास्थ्य अवस्था र अस्पतालको सेवाको अवस्थाका बारेमा जानकारी समेत लिएका छन् । बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै उनले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरे ।
