महालेखा नियन्त्रक मैनालीद्वारा कोलेनिका डोटीको भवन उद्घाटन 

गणेश मौनी 
पुस ८ डोटी 
कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीको नयाँ निर्मित भवन आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नव निर्मित तिन तले भवनको महालेखा नियन्त्रक हरि प्रसाद मैनालीले उद्घाटन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कोष नियन्त्रक कृष्ण बहादुर धामीले बताए ।
Sayalb
भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महालेखा नियन्त्रक मैनालीले सरकारी कार्यालयहरूले कार्य सञ्चालन भुक्तानी प्रक्रिया गर्दा नीति नियम र विधिभन्दा बाहिर गएर काम गर्न नमिल्ने बताए । उनले भने हामी सँग कर्मचारी अभाव छ तर पनि विभिन्न प्रविधिको प्रयोगले गर्दा सेवा प्रवाहलाई छिटो छरितो चुस्त दुरुस्त बनाउन सकिने र प्रविधिको प्रयोग गरी सूचना प्रणालीको विकास अवलम्बन गर्न आवश्यक रहेको बताए ।
सरकारी निकायका कार्यालय प्रमुख र लेखा समूहका प्रमुख प्रतिनिधीहरुले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र नियमावली २०७७ बमोजिम मात्र काम काज गर्न र गर्न लगाउन आवश्यक रहेको समेत महालेखा नियन्त्रक मैनालीले बताए । कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले लेखा राख्ने पद्धतिको विकास दिनानुदिन दिन परिवर्तन भइरहेको परिस्थितिमा लेखा मानलाई विश्वसनीय बनाउन, लेखा पद्धतिको बारेमा पूर्ण जानकारी भई चुस्त दुरुस्त लेखा प्रणालीको अवलम्ब गर्न आवश्यक रहेको बताए ।
कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्य सञ्चालनमा सहयोग समन्वय तथा सहजिकरण गर्ने समेत प्रजिअ अर्यालले बताए ।  २०७७ साल फागुन १६ गते देखि निर्माण सुरु गरेको भवन २०७८ साल फागुन १० गते सम्पन्न भएको थियो । पीएस कन्स्ट्रक्सन निमार्ण कम्पनीले  निर्माण गरेको भवनको सम्झौता मूल्य भ्याट सहित १ करोड ८३ लाख४५ लाख ९ सय ७३ रहेको थियो । निर्माणको क्रममा तोकिएको समयमा भन्दा ८ महिना अगाडी भवन निमार्ण सम्पन्न गरेकोले निमार्ण व्यवसायी भट्टले सम्झौता रकम भन्दा बढी पुरस्कार स्वरूप १३ लाख ५१ हजार रुपैयाँ पाएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कोष नियन्त्रक धामीले बताए ।
भवन उद्घाटन कार्यक्रममा महालेखा नियन्त्रक हरि प्रसाद मैनालीले, सह महालेखा नियन्त्रक थान प्रसाद पंज्ञानी, जिल्ला अदालत डोटीका न्यायाधीश शिवलाल पाण्डेय, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, पत्रकार लगाएको सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...