क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो ।
राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेकै बेला लामिछानेमाथि गत वर्ष भदौ २२ गते जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरीमा जाहेरी परेको थियो। ०७९ भदौ ५ गते काठमाडौंको एक होटेलमा सँगै बसेको र आफूमाथि बलात्कार भएको भन्दै पीडित किशोरीले जाहेरी दिएकी थिइन् ।

Sayalb

अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा गत वर्ष १४ कात्तिकमा जबर्जस्ती करणीको मुद्दा दायर भएको थियो । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिजमा रहेकै बेला जाहेरी परेपछि केही समय सम्पर्कविहीन भएका लामिछाने ०७९ असोज २० गते नेपाल फर्किएका थिए ।

दोषी ठहर भएका लामिछानेको सजाय निर्धारणका लागि भने अदालतले अर्को पेशी तोकेको छ ।

Shaileshwori
Loading...