माओवादी नेता महेश बडूवाललाई मरणोपरान्त ‘कर्मठ योद्धा’को सम्मान 

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडूवाल ‘महेश’लाई मरणोपरान्त ‘कर्मठ योद्धा’को सम्मान दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीले बडूवाललाई ‘कर्मठ योद्धा’को सम्मान दिएको नेकपा (माओवादी केन्द्र) डोटीका इन्चार्ज लक्षिराम आर्चायले जानकारी दिए ।   नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडूवाल ‘महेश’ को माओवादीले थालेको ‘विशेष रूपान्तरण’ अभियानमा कमान्ड नं. ६ (बडी केदार र जोरायल गाउँपालिका)को नेतृत्व गर्दै कार्यक्षेत्रमा खटिएकै बेला बिरामी भएपछि उपचारका क्रममा बडूवालको निधन भएको थियो ।
ज्यानको प्रवाह नगरी पार्टी निमार्णका लागी तोकिएको जिम्मेवारी पुरा गर्ने असल नेता गुमाउनु पर्दा पार्टीलाई अपूरणीय  क्षति भएको नेकपा (माओवादी केन्द्र) डोटीका इन्चार्ज लक्षिराम आर्चायले बताए । आचार्यले भने ‘ शारीरिक रूपमा ग्रस्त हुँदा समेत उहाँ पार्टी अभियानका क्रममा जोरायल र बडीकेदारमा निरन्तर खटिरहनु भयो उहाँको निष्ठा, इमानदारिता, मेहनत र धैर्यताका कारण हामीले उहाँलाई ‘कर्मठ योद्धा’को सम्मान दिएका हौँ ।’
Sayalb
लम्किचुहा नगरपालिका – २ चौरी निवासी  बडूवाल पार्टी को तीन अभियान क्रममा कार्यक्षेत्र डोटी कमान्ड नं. ६  बडी केदार र जोरायलको जिम्मेवारीमा  खटिएका महेश स्वास्थ्यमा समस्या देखा परेपछि कैलाली फर्किएर उपचारका क्रममा मृत्यु भएको हो । डोटी जिल्लामा सञ्चालन भएको माओवादी केन्द्रको बिशेष रुपान्तरण अभियानको समिक्षा कार्यक्रमको अवसरमा उक्त सम्मान दिइएको हो ।
Shaileshwori
Loading...