
डोटी । राजपुरमा रहेको सहिद स्मृति आवासीय माद्यामिक विद्यालय डोटीलाई व्यापारी शङ्कर भुलले बालाङ्केट वितरण गरेका छन् । के.आई.सिंह गाउँपालिका–१ स्थायी घर भई धनगढीमा व्यापार गरिरहेका शङ्कर भुलले आइतबार ४१ हजार रुपैयाँ बराबरका २४ ओटा बालाङ्केट वितरण गरेका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि सिरकको अभाव रहेको जानकारी पाएपछि रुपेन्द्र धामीको समन्वयमा बालाङ्केट वितरण गरेको सङ्करले बताएका छन् । आगामी दिनमा पनि विद्यालयलाई सक्ने सहयोग गर्ने उनले बताए । बालाङ्केट दिएकोमा विद्यालयले उनलाई धन्यवाद दिँदै थप सहयोगको अपेक्षा गरेको बताएको छ ।
