विद्यार्थीले घरमै ट्युसन पढ्ने वातावरण बन्दै छ : मन्त्री साउँद

१० माघ, डोटी
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले विद्यार्थीले घरमै बसेर ट्युसन पढ्ने वातावरण बनाउन प्रदेश सरकारले तयारी गरिरहेको बताएका छन् । डोटीको शिखर नगरपालिका–१ मा रहेको केदारेश्वर माद्यामीक विद्यालयको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउँदले यस्तो बताएका हुन् । मन्त्री साउँदले आगामी चैत १५ गतेबाट सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीहरूको समस्यालाई मध्यनजर गर्दै एक महिना भित्रै विद्यार्थीलाई घर तथा विद्यालयमै ट्युसन पढाउन मिल्ने प्रविधिको व्यवस्थाका लागि प्रदेश सरकार लागेको बताए ।

Sayalb

‘अहिले एसइई दिने विद्यार्थी भाइबहिनीलाई चिन्ता लागिसक्यो ट्युसन पढाउने शिक्षक खोज्दै हुनुहुन्छ कहाँ पढ्ने ? कहाँ बस्ने यो समस्या भइरहेको छ, मन्त्री साउँदले भने, म यति प्रतिबद्धता गर्छु की यो वर्ष एसइई दिने सुदूरपश्चिम प्रदेशका विद्यार्थीले घरमा बसेर विद्यालयमा बसेर ट्युसन पढ्ने व्यवस्था मिलाउन म लागेको छु ।’ धनगढीमा स्टुडियो निर्माण गरी विशेषज्ञ शिक्षकलाई राखी सम्बन्धित विद्यालयमा अथवा मोबाइलको पहुँचमा भएका विद्यार्थीहरूलाई मोबाइलबाटै अध्ययन गर्ने व्यवस्था मिलाउन विभिन्न चरणमा छलफल भइसकेको मन्त्री साउँदको भनाई छ ।

Shaileshwori
Loading...