
माघ २०, डोटी
डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । शनिवार दिउँसो करिब ३ः४५ बजेतिर भालुले आक्रमण गर्दा आदर्श गाउँपालिकाका–२ कुचेडाकी २४ वर्षीया देउसरा बोहरा घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टका अनुसार घर नजिकैको जङ्गलमा घाँस काटिरहेका बेला बोहरालाई भालुले आक्रमण गरेको हो । बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । घाइते बोहरालाई मौवा स्वास्थ्य चौकीमा सामान्य उपचारपछि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ । उनको अवस्था मध्यम रहेको छ ।
गत पुस महिनामा पनि भालुको आक्रमणबाट आदर्श गाउँपालिकाका ३ जना घाइते भएका थिए ।
