

राहुलले आयोगको एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेका थिए । त्यसपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गर्ने छात्रवृत्ति कोटामा पनि उनी छनोट भएका थिए । तर मन्त्रालयको लापर्वाहीका कारण राहुलको भर्ना म्याद नै नाघेको थियो । विपन्न परिवारका राहुलका परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैंले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था थिएन ।

