‘गंगा बचाउ’ अभियानको आयव्यय सार्वजनिक

बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा निवासी गणेश बहादुर चन्द ‘गंगा बचाउ’ अभियानको आयव्यय सार्वजनिक गरिएको छ । कामको सिलसिलामा भारतको पन्जाबमा रहेका गङ्गालाई ब्रेन ह्याम्रेज भएपछि उपचारमा आर्थिक अभाव भएसँगै शुभचिन्तकसँग सहयोग सङ्कलन गरिएको थियो ।  अभियान अन्तरगत ९० जनाले एक लाख ५६ हजार ५८ रकम सङ्कलन गरिएको हो ।
मष्टेश्वर माध्यमिक विद्यालय गगुडाका शिक्षक समेत रहेका चक्रबहादुर चन्दको खाता जम्मा गरिएको रकमको आयव्यय सार्वजनिक गरिएको हो । सहयोग सङ्कलन भएको रकम पीडित परिवारलाई उपचारका क्रममा हस्तान्तरण गरिएका थियो ।
बिरामीलाई उपचारका  लागी सहयोग गर्ने सम्पूर्ण शुभचिन्तकहरूलाई पूर्व वडा अध्यक्ष समेत रहेका बिरामी गणेशका भाइ वीरेन्द्र चन्दले धन्यवाद व्यक्त गर्नु भएको छ । अभियानका अवधिमा भएको सहयोगको विवरण बुझ्दै चन्दले भने ‘यहाँहरूको सहयोगले उहाँको ज्यान जोगिएको छ अहिले पनि हामी उपचारका क्रममै छौँ । यहाँहरूको सहयोग प्रति हामी ऋणी छौँ ।’
Sayalb
नेपालमा पत्रकार कर्ण चन्द तथा शिक्षक चक्र चन्दले संयोजन गर्नु भएको अभियानको क्रममा सङ्कलन भएको विवरण सार्वजनिक गरिएको छ ।
Shaileshwori
Loading...