
फागुन ६, डोटी
डोटीमा परिवार नियोजन सम्बन्धी स्थायी बन्ध्याकरण शिविर सुरु भएको छ । नेपाल परिवार नियोजन सङ्घ कैलाली र स्वास्थ्य कार्यालय डोटीको संयुक्त आयोजनामा आइतबार बाट शिविर सुरु भएको हो । महिलाका लागि मिनील्याप र पुुरुषहरुका लागि भ्यासेक्टोमी सेवासहितको स्थायी बन्ध्याकरण शिविर बोगटान फुड्सिल गाउँपालिकाबाट सुरु भएको स्वास्थ्य कार्यालय डोटी प्रमुख रमेश मलासीले जानकारी दिए ।

चवराचौतारा स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ६ जना महिला र ६ जना पुरुष गरी १२ जनाले सेवा लिएको प्रमुख मलासीले बताए । प्रमुख मलासीका अनुसार ७ गते (भोलि) दुर्गामान्डौ स्वास्थ्य चौकी वायल, ८ गते आदर्श गाउँपालिकाको स्याउले र ९ गते जिल्ला अस्पताल डोटीमा बन्ध्याकरण शिविर सञ्चालन हुने छ ।
