डोटीमा ७ दिने आरन व्यवसाय सम्बन्धी तालिम सुरु

फागुन ०८ , डोटी
डोटीमा सामाजिक विकास कार्यालय डोटीको आयोजनामा ७ दिने आरन व्यवसाय तालिम सुरु भएको छ । मङ्गलवारबाट के.आइ.सिंह गाउँपालिका–४ वायलमा रहेको श्री विश्वकर्मा आरन उद्योगमा तालिम सुरु भएको हो । परम्परागत रूपमा रहेको आरन व्यवसायलाई आधुनिकीकरण गर्ने र आरन पेसा गरिरहेकाहरूको सिप विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरेको सामाजिक विकास कार्यालयका प्रमुख जयदेव महराले जानकारी दिए । कार्यालय प्रमुख महराले आरन पेसालाई व्यावसायिक बनाई उनीहरूको आयआर्जन बढाउन तालिम दिइन लागेको बताए ।
Sayalb
तालिममा नौ ओटै पालिकाका २५ जनाको सहभागिता रहेको छ । सहभागीहरूलाई सामाजिक विकास कार्यालयको पत्राचार अनुसार पालिकाले छनोट गरेर पठाएका हुन् ।  लोप हुँदै गएको आरन पेसा सम्बन्धी तालिम आफ्नै पालिकामा सञ्चालन हुँदा हर्षित भएको के.आइ.सिंह गाउँपालिका–४ का वडा अध्यक्ष जय बहादुर धामीले बताए । उनले सिप सिकेर व्यवसायी बन्न सहभागीलाई आग्रह गरे ।
वडा अध्यक्ष जय बहादुर धामी प्रमुख अतिथि रहेको तालिम उद्घाटन कार्यक्रममा सामाजिक विकास कार्यालय डोटीका कार्यालय प्रमुख जयदेव महरा अध्यक्ष रहेका थिए भने कार्यक्रम सञ्चालन डोटी चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेलले गरेका थिए । ७ दिने तालिमको प्रशिक्षक राम बिक रहेका छन् ।
Shaileshwori
Loading...