निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट १६ सय ८५ जनाले सेवा लिए

फागुन १०, डोटी
डोटीमा पाँच दिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार ६ सय ८५ जनाले सेवा लिएका छन् । जिल्ला अस्पताल डोटीमा आइतबार देखि बिहीबारसम्म आयोजना गरिएको शिविरमा एक हजार ६ सय ८५ जनाको स्वास्थ्य चेकजाँच गरिनुका साथै ७७ जनाको शल्यक्रिया गरिएको छ । यो सङ्ख्या लक्ष्य भन्दा बढी हो । शिविरको आयोजना गर्नु पूर्व १३ सय जनरल बिरामी हेर्ने लक्ष्य आयोजकले राखेको थियो । डोटीमा लामो समय देखि आर्थिक अभावमा विभिन्न समस्या बोकेर बस्न बाध्य भएका नागरिक लाभान्वित भएको जिल्ला अस्पताल डोटीका प्रमुख डा. सुजात कुमार मण्डलले बताउनुभयो ।

Sayalb

शिविरमा नेपाल अर्थोपेडिक अस्पताल काठमान्डौका सिनियर कन्सल्टेन्ट, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रकाश ज्ञवाली सहितको २५ जनाको टोलीले सेवा दिएको थियो । साथै हेन्ड सर्जन विदेशी डा. क्याट्रिन हेगनले पनि सेवा दिनुभएको थियो । मेड–सोलुशन फाउन्डेसन स्वीजरल्याण्डको सहयोग तथा रोटरी क्लब अफ काठमाडौँ, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, दिपायल सिलगढी नगरपालिका र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो ।

Shaileshwori
Loading...