Before Header
After Navigation

आयुर्वेद सेवा गाउँ गाउँमा पुर्याउनु पर्छ : अध्यक्ष शाही

बिमल बिष्ट
असोज १७, डोटी
डोटीको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले आयुर्वेद सेवा तथा उपचार पद्दती गाउँ गाउँ सम्म पुर्याउनु पर्ने बताउनु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलले पिपल्लामा आयोजना गरेको स्थानीय जनप्रतिनिधीको सहभागितामा आयुर्वेद सेवा कार्यक्रम तथा बार्षिक समिक्षा र योजना तर्जुमा कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष शाहीले सो कुरा बताउनु भएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका अध्यक्ष शाहीले मानिसका लागि एलोपेथिक भन्दा आयुर्वेद सेवा अति नै उपयोगि भएकाले दक्ष व्यक्ति र उपकरण सहित गाउँ गाउँमा आयुर्वेद सेवा बिस्तार गरिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको परिपेक्षमा नागरिकका लागि आयुर्वेद सेवा निकै उपयोगि छ, यो सेवा ग्रामिण बस्तिमा समेत बिस्तार हुँनु पर्छ ।” साथै अध्यक्ष शाहीले स्वास्थ्य सेवामा काम गर्ने व्यक्ति नम्र र भद्र हुनु पर्ने बताउँदै स्वास्थ्यकर्मीको बोली र व्यवहारले कतिपय बिराम आफै निको हुँने भएकाले सिष्ट व्यवहार गर्न अति आवश्यक भएको धारणा राख्नुभयो ।

Sagan sahari bhawan nirman aayojana

सोही कार्यक्रमका सभापति तथा जिल्ला आयुर्वेद कार्यालय दिपायलका प्रमुख बिद्या घिमिरे देउवाले आयुर्वेद कार्यालयको नम्स अनुसार अब जिल्लाका सबै स्थानीय तहका वडा वडामा पनि आयुर्वेदका शाखा कार्यालयहरु खोलिने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका सबै वडा कार्यालयमा आयुर्वेदका शाखा कार्यालय खोलने छन र नागरिकले घरैमा सेवा पाउने छन् ।” जिल्लाका तीन स्थानीय तहहरु केआइसिंह, आदर्श गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकामा नागरिक आरोज्ञ केन्द्र स्थापना गरिन लागिएको सो कार्यक्रममा जानकारी दिइएको थियो ।

Shaileshwori
Loading...