डोटीको लक्ष्मी सरस्वती सहकारीले ६९ टन उन्नत मकैको बिउँ बिक्री गर्दै 

किरण धामी
फागुन १८, डोटी
डोटीको लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बिउँ बिक्री गर्ने भएको छ । जोरायल गाउँपालिका–४ मा रहेको सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार ६ सय ८८ किलो मकैको बिउँ बिक्री गर्ने भएको छ । सहकारीले मङ्सिर महिनाबाट किसानबाट मकै सङ्कलन गर्न सुरु गरी चैत्र महिनासम्म प्रमाणीकरण सहित प्याकिङ गरेर पुनः बिउँ किसानसम्म पुगाउने गरेको छ ।
यो वर्षको अहिलेसम्म १४ हजार एक सय ७० किलो मकैको बिउ बिक्री भइसकेको सहकारीका व्यवस्थापक ठक्कर बहादुर कठायतले बताउनुभयो । ५५ हजार पाँच सय १८ किलो बिउँ बिक्रीका लागि तयारी अवस्थामा छ । सहकारीले प्रति केजी ८० रुपैयाँका दरले बिउँ बिक्री गर्दछ । लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीले अरुण २, अरुण ४, मनकामना ३, पोसिलो, रामपुर, कम्पोजीट लगायतका विभिन्न उन्नत जातका बिउँ बिक्री गर्दै आइरहेको व्यवस्थापक कठायतले बताउनुभयो ।
Sayalb
सहकारीले विभिन्न एग्रोभेट मार्फत बिउँ सप्लाई गर्दै आएको छ । डोटीको जोरायलमा उत्पादन भएको मकैको बिउँ झापा जिल्लासम्मै पुग्ने गरेको सहकारीले जनाएको छ । सहकारीले बिक्री गर्ने बिउँबाट उत्पादन भएको मकै विशेष गरेर पोलेर खान, कुखुराका लागि दाना बनाउन लगायतका विभिन्न प्रयोजनमा आउने गर्छ । सहकारीले गत वर्ष ५४ लाख ४० हजार बराबरको ६८ टन मकैको बिउँ बिक्री गरेको थियो ।
कसरी उत्पादन हुन्छ बिउ ?
मकैको सिजनमा किसानहरूलाई मकै खेती गर्न लगाइन्छ । किसानले शुद्ध बिउ छर्ने गर्छन् । उन्नत जातको बिउ तयार गर्न यस्तो मकै खेती गरेको आसपास अन्य जातको मकै खेती गर्नु हुँदैन । यदि वरिपरि अन्य जातको मकै लगाइएको भए त्यो बिउ शुद्ध नहुन सक्छ । यसरी बिउमा कुनै मिसावट नहोस् भनेर कृषि प्राविधिकहरूले बेलाबेला निगरानी गर्ने गर्दछन् ।
लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था डोटीको हकमा स्थानीय कृषि प्राविधिक तथा बीउ बिजन प्रयोगशाला सुन्दरपुर कञ्चनपुरका प्राविधिकहरूले चेकजाँच गर्ने गरेको सहकारीका व्यवस्थापक ठक्कर कठायतले बताउनुभयो । मकै तयार भयपछि सहकारीले सङ्कलन गर्न सुरु गर्छ । यसरी सङ्कलन भएको मकैको पुनः शुद्धता परीक्षण गरेपछि प्याकिङ गरेर बीउको रूपमा बिक्री गरिन्छ ।
Shaileshwori
Loading...