दुवै हात गुमाएका सतीशको सपना : कृत्रिम हात राख्ने

रामहरि ओझा / असोज १५, डोटी
दुवै हातकुहिनो भन्दा तल काटिएका छन्, अनुहार मलिन् छ । उनको ओठको मुस्कानखोसिएको छ, अनुहारमा झिँगा बस्दा समेत अरुले धपाउनु पर्ने अवस्था छ । तर उनले हिम्मतभने हारेका छैनन् ।

करेण्ट लागेर दुवै हात गुमाएका डोटी शिखर नगरपालिका–१० बानेडुंग्रीसैनका १२ बर्षीय सतीशसंग सपनाभने अझै बाँकी छ । उनी पढ्न चाहन्छन्, पढेर ठुलो मान्छे बन्न चाहान्छन् । तर दुवै हात छैन उनीसंग । उनले अचेल कृत्रिमहातको सपना देखेका छन् ।

एक बर्ष पहिले बिद्युतको करेण्ट लागेर जलेका सतीशले कृत्रिम हात देखेका छैनन् न त उनको परिवारले नै देखेको छ । तर उपचारका क्रममा चिकित्सकहरुले भनेको सुनेका उनीहरु कृत्रिमहातको सपना देख्न थालेका छन् ।

‘नयाँ हात लायो भने लेख्न सहिन्छ रे’ सतीश भन्छन् ‘त्यसपछि त म पढ्न बिद्यालय गईहाल्थे ।’ उपचारका क्रममा कृत्रिम हात हाल्न पाईने खवरले सतिशको परिवारमा थोरै आशाका किरण ल्याएको थियो तर लाग्ने खर्चले उनको त्यो आशा छिन भरमै निराशामा परिणत गरिदियो ।
‘त्यो हात राख्नसके पढ्न–लेख्न र केही खानाखान पनि सहयोग हुन्छ रे’ सतीशकी आमा बिष्नादेवी भन्छिन् ‘ छोराको जीवन सहज हुन्थ्यो की भन्ने आशाथियो तर त्यो खर्च मैले धान्न सक्दिन ।’

Sayalb

सतिशका आफन्तहरुले कृत्रिम हातहाल्न ५०–६० लाख रुपैयाँ सम्मलाग्ने सुनेका छन् । न पुख्र्यौली सम्पत्ति छ, न आम्दानीको कुनै स्रोत, मेलापात गरेर जीवन धान्ने बिष्नाका लागि यो रकम सोच्न पनि नसकिने छ ।

सतीशको कृत्रिमहात राख्नका लागि सहयोग गरि दिन उनकी बजै कलुले अपील गर्छिन् । आँगनमा सञ्चारकर्मीहरुको टोली देखेपछि उनले डोटेली भाषामै भनिन् ‘तपाईहरुले भनिदिनु भए त सहयोग पाईन्थ्यो कि !’ उनी थप्छिन् ‘बेसहाराको भगवान सहारा हुन्छ भन्छन् । हाम्लाईपनि कोही भगवान सहारा अवश्य देला ।’

के भएको थियो घटना ?
२०७६ साल कात्तिक १६ गते, दिउसो करीव २ गते सतीश सेती नदीको किनारमा बाख्रा चराउँदै थिए । बाख्रा चराउदै साथीहरुसंग खेल्दै गर्दा उनको नजर पाकेको बयरको झाङमा ठोक्कियो । उनी बयर खाने भन्दै हत्त न पत्त कुधिहाले । उनले बयरको झाङ छोएकामात्रै के थिए, हातचिप्किए । त्यसपछि के भयो उनलाई जानकारी छैन ।
होस बिहोसमै उनको करीव एक साता गयो । जव उनलाई पूर्ण होस आयो, तव सम्म उनकादुवै हात उनीबाट अलगभईसकेकाथिए ।
दुई बर्षमा निर्माण कार्य सम्पन्नगर्ने भनी २०७१ सालअसार २९ गते सम्झौताभएको बानेडुंग्रीसैन मोटरेवल पुलनिर्माणका लागि बिद्युतआपुर्ति गर्न राखिएको ट्रान्समिटरसंग बयरको झाङ छोईएको रहेछ । जमिनमै राखिएको ट्रान्समिटरलाई न त घेरवार गरिएको थियो न वरिपरीको झाङ काटिएको थियो ।

सम्झौता भएको ६ बर्ष पुरा हुँदा पनि पुल कहिले बन्छ भन्ने त टुङ्गो छैन तर बिद्युतप्राधिकरण र पुल निर्माता कम्पनी राजेन्द्र निर्माण सेवाको लापरवाहीले सतीशलाई यस्तो उपहार दिएको छ । ‘उपचारकालागि स्थानीय अस्पताल हुदै काठमाण्डौ ंसम्मपुग्यौं’ सतीशकाबाजे नाता पर्ने तारासिंह ठगुल्ला भन्छन् ‘डाक्टर सावहरुले ज्यान त बचाउन सक्नुभयो तर अधुरै ।’ उनी भन्छन् ‘कलिलै उमेरमादुवै हातगुमाएको यो वालकले जीवन कसरी बिताउँछ भन्ने चिन्ता लागि रहन्छ ।’
उपचारमा सातलाख रुपैयाँखर्च भएको वताउँछन् सतीशका काका नाता पर्ने राजेश ठगुल्ला । ‘उक्त रकम राजेन्द्र निर्माण सेवाले दियो दिन त तर कहिले २० हजार कहिले ५० हजार गरेर’ राजेन्द्रले भने ‘उपचार गर्दा आफन्तहरुसंग सापट माग्दै कामचलायौं ।’
बिद्युत प्राधिकरणले उनीहरुलाई एक सुको पनि क्षतिपूर्ति नदिएको आफन्तहरुको गुनासो छ । घटना भएको तीन दिन भित्र निवेदन दिनु पर्नेमा तोकिएको समयमा निवेदनन आएकोले अव क्षतिपूर्ति दिन सकिन्न भन्यो’ राजेश भन्छन् ‘हामी वच्चाको उपचारमै लाग्यौं, निवेदनदिनु पर्छ भन्ने न त थाह थियो, न हतारमा त्यति ध्यान भयो ।’
बुवाको अत्तोपत्तो नै छैन
एउटै दुःख बज्रिएको होईन सतीशको परिवारमा । सतिश चार बर्षका मात्र थिए, उनकाबुवा योगेन्द्र ठगुल्ला रोजगारीका लागि भारत पसेका थिए ।
सानै उमेर देखि भारत आउजाउ गर्ने योगेन्द्र आठ बर्ष भयो, कता छन् भन्ने पत्तो छैन । श्रीमानले पैसा कमाएर ल्याउला भन्ने आशमै बिताईन् योगेन्द्रकी श्रीमती बिष्नादेवीले आठ बर्ष । उनी रातदिन मेलापात गरेर आफु र छोरो–छोरीको मुखमा माड लाउन सफल हुन्थिन् । तिनै सतिशले घरायसी काममा आमालाई सघाउथे । तर जव सतिशले पनि हात गुमाए बिष्नाझन सहारा बिहिन भएकी छिन् ।

“आठ वर्ष भैसक्यो, न कुनै खवर छ न फर्किनु भयो” निन्याउरो अनुहार वनाउँदै विष्नाले ‘आजआउनु होला, भोलीआउनु होलाभन्दै आठ बर्ष बिताएँ ।’ छरछिमेकमा भारतबाट आएकाहरु देख्ने बित्तिकै बिष्ना र छोरोहरुले बाटोे हेर्न भने छोडेका छैनन् ।

लामो समयसम्म श्रीमान् बिछोडिदा आमाबुवा दुवैको जिम्मेवारी बहनगर्नुको पीडा त बिष्नाले छोराहरुको अनुहार हेर्दै बिर्सिने प्रयास गर्थिन् तर तिनै छोराका ठुटा पाखुरा देख्दा उनीझन भक्कानिन्छन् । तर के गर्नु, अभिभावकभएको नाताले सम्हालिनु वाहेक अर्को उपाय छैन उनीसंग । बिष्नाकालागिआफ्नो जीवनअहिले फलामै च्यूरा जस्तै वनेको छ । उनीआशुँपिएर जीउने प्रयास गर्दैछिन् ।
सतीशकी हजुरआमा कलुदेवी ठगुल्ला ६१ बर्षकी भई सकिन् । कलिलै उमेरमा श्रीमान गुमाएकी कलुले दुःख गरर दुई छोरी एक छोरा हुर्काईन् । छोरा भारतमै हराएपछि नातीको अनुहार हेरेर चित्तबुझाउँथिन् । तर जव नातीकादुवै हातगुमे, अचेल उनीनातीको अनुहार हेर्दा झन भक्कानिन्छिन् । उनी भन्छिन् ‘मैले कुनजुनीमापाप गरेकी रहेछु र यो जीवनभरी दुःख सहनु प¥यो ।’ उनी मर्ने वेला नातीको दुःख देखेर मर्नु पर्ने अवस्थाआएकोप्रति बढी चिन्तित छिन् ।

Shaileshwori
Loading...