स्थानीय तहहरु बढी जिम्मेवार हुनु पर्ने

रामहरि ओझा
२० फागुन, डोटी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले जनतालाई सेवा सुविधा दिन स्थानीय तहहरु बढी जिम्मेवार हुनु पर्ने वताएका छन् ।नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघसंगको सहकार्यमा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, डोटीले कैलालीको धनगढीमा आयोजना गरेको दुई दिने स्थानीय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले स्थानीय तहहरु पनि अधिकार सम्पन्न सरकार भएकाले ईमानदारीपूर्वक सेवा प्रवाह र विकास निर्माणमा लाग्नु पर्ने वताएका हुन् ।

Sayalb

बित्तीय सुशासनलाई ध्यानमा राखेर स्थानीय तहहरुले काम गर्नु पर्ने मुख्यमन्त्री शाहले वताए । ‘गरिबीको सूचकाङ्कमा कर्णाली प्रदेश भन्दा पनि सुदूरपश्चिम प्रदेश पछाडि छ’ मुख्यमन्त्री शाहले भने ‘त्यसैले अहिलेको स्थितिबाट सुदूरपश्चिम प्रदेशलाईमाथी उठाउन हामी सबैले हातेमालो गर्दै परिवर्तनकारी भूमिका निभाउनु जरुरी छ ।’ उनले हामी सवै जिम्मेवार भएर काम गर्नु पर्ने वताए ।

शनिवार सम्पन्न कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, विपक्षी दलका नेता र सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूको उपस्थिति रहेको सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, डोटीका कार्यकारी निर्देशक गेहेन्द्र बमले जानकारी दिए । स्थानीय सरकार सञ्चालन र व्यवस्थापनमा सहजता ल्याई प्रभावकारी सेवा प्रवाह, विकास, जवाफदेहीता र सुशासन मार्फत नागरिकहरूलाई सन्तुष्ट पार्न स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागि उक्त कार्यक्रम आयोजना गरिएको बमले वताए ।

Shaileshwori
Loading...