बोगटान फुड्सिल गाउँपालिका रोजगार रणनीति बनाउँदै

Sayalb
फागुन २२, डोटी
बोगटान फुड्सिल गाउँपालिकाले पाँच वर्षे रोजगार रणनीति निर्माण गर्न लागेको छ । गाउँपालिका भित्र रोजगारी सिर्जना गर्नका लागि बेरोजगार नागरिकलाई रोजगारी प्रदान गर्ने उद्देश्यले बोगटान फुड्सिलले रोजगार रणनीति बनाउन लागेको हो । मङ्गलवार गाउँपालिकाले निर्माण गर्न लागेको रणनीतिका बारेमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न शाखाका प्रमुखहरू तथा पत्रकारको उपस्थितिमा छलफल भएको छ । अब रणनीतिलाई कार्यपालिकाले स्वीकृत गर्ने छ ।
गाउँपालिकामा जम्मा जनसङ्ख्या १५ हजार पाँच सय ४० रहेको छ । जम्मा जनसङ्ख्यामा छ सय दुई जना पूर्ण बेरोजगार रहेका छन् भने एक हजार एक सय १८ जना भारत तथा तेस्रो मुलुकमा गएर श्रम गरिरहेका छन् । रोजगार रणनीति निर्माण गर्ने बोगटान फुड्सिल गाउँपालिका जिल्लाका नौ ओटै पालिकामा पहिलो हो ।
Shaileshwori
Loading...