कवाडी खोलामा बेपत्ता भएका ५ जना अझै भेटिएनन्
बाजुराको हिमाली गाउँपालिका वडा नं ५ कवाडी खोलामा बगेर बेपत्ता भएका पाँच जना अझै भेटिएका छैनन् । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा खोजिकार्य भइरहेको भए पनि आजसम्म उनीहरू नभेटिएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठकुन्नाले जानकारी दिनुभयो । शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला एकै परिवारका आमा, छोराछोरी गरी पाँच जना वेपत्ता भएका थिए । कवाडी खोलाबाट बगेर नजिकै रहेको कर्णाली नदीमा मिसिएको हुन सक्ने हुँदा त्यहाँ पनि खोजी गर्न थालिएको प्रहरीले जनाएको छ ।