सुबास नेपाली
फागुन २५, डोटी
सेना दिवसको अवसरमा आयोजना गरिएको जिल्ला स्तरीय अन्तर विद्यालय कबड्डी प्रतियोगिताको उपाधि पद्म पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालयले हात पारेको छ । डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणले महाशिवरात्रि तथा २६१ औँ सेना दिवसको अवसरमा आयोजना गरेको कबड्डी प्रतियोगितामा मर्निङ लाइट बोर्डिङलाई ९१–२९ अङ्कले पछि पार्दै पद्म पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालयले उपाधि हात पारेको हो । प्रथम भएसँगै पद्म पब्लिकले मेडल, नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नुका साथै उप विजेता मर्निङ लाइट बोर्डिङ स्कुलले पनि नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।