फागुन २५, डोटी
बेगटान फुड्सिल गाउँपालिकामा न्यायकी तथा मेलमिलाप सम्बन्धी कानुनी सचेतनामुलक तालिम सम्पन्न भएको छ । बोगटान फुड्सिल गाउँपालिका न्यायिक समितिको आयोजनामा फागुन १८ गतेदेखि सुरु भएको आठ दिने तालिम शुक्रवार सम्पन्न भएको हो । तालिममा ३६ जना को सहभागिता रहेको थियो । कानुनी सचेतनामुलक आधारभूत तालिमबाट न्यायिक समितिमा दर्ता हुने देवानी मुद्दाको मेलमिलाप गर्न सहज हुने न्यायिक समिति दर्ता अधिकारी हेम बमले जानकारी दिए ।
न्यायिक समितिमा दर्ता भएका अधिकार क्षेत्रका मुद्दामा दुवै पक्षको जित हुने गरी विवाद मिलाइने हुँदा तालिमले मुद्दा मिलाउनमा सहयोग मिल्ने विश्वास गरिएको छ । तालिमको प्रशिक्षकमा जिल्ला अदालत डोटीका तहसिलदार वसन्तराज पाध्याय र श्याम प्रसाद जोशी रहेका थिए ।