ताडीको सरसफाइ अभियान : शिवरात्रिमा बडिकेदार धाम सरसफाइ

फागुन २५, डोटी
सुदूरपश्चिम प्रदेशकै सु-प्रसिद्ध धार्मिक तथा पर्यटन क्षेत्र बडिकेदार धाममा शिवरात्रिको अवसरमा सरसफाइ गरिएको छ । “हरेक शनिवार सफा बार” भन्ने मूल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका बडिकेदार सभापति विशाल ताडीले बडिकेदार भित्रका प्रमुख बजार तथा गाउँ, टोल सफाइ गर्ने अभियान सञ्चालन गरेका छन् । अभियान अन्तरगत अघिल्ला शनिवारहरूमा हिमपातको कारणले बडिकेदार धाम सरसफाइ गर्न नसकिएकोले शिवरात्रिकै अवसरमा सरसफाइ गरिएको अभियन्ता ताडीले बताए ।
शिवरात्रिको अवसरमा बडिकेदार दर्शन र केदार गाथ सरसफाइ गर्न पाउँदा दोहरो पुण्य कमाएको अनुभूति गर्दै सरसफाइ कार्यमा कयौँ भक्तजनहरूले सहयोग गरेपछि अभियान सहज भएको अभियन्ता ताडीले बताए ।
bhukampa
राष्ट्रिय स्वतन्त्र पार्टी बडिकेदार गाउँपालिका सभापति तथा रनुकाडा युवा क्लबका अध्यक्ष समेत रहेका ताडीले आम नागरिकहरूले केही गरौँ भन्ने युवालाई साथ, सपोर्ट गरे, सही मार्ग निर्देशनका लागि सुझाव दिए परिवर्तन हाम्रै पालामा सम्भव रहेको पनि बताए ।
बडिकेदार धाममा अभियान सञ्चालन गरी सरसफाइ गरेकोमा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्र राज सिराडीले धन्यवाद व्यक्त गरेका छन् ।
अभियन्ता ताडीको अगुवाइ तथा स्थानीय बासीको सहभागितामा यो भन्दा पहिले वडा नम्बर ४ मा रहेको स्थानीय काउले बजार, वडा नम्बर २ मा रहेको खँड्यौली बजार र वडा नम्बर ५ मा रहेको अत्तरकाडा बजार लगायत विभिन्न गाउँ, टोल मठ मन्दिरमा समेत सरसफाइ अभियान सञ्चालन गरी फोहोर व्यवस्थापनको लागि डस्टबीन समेत उपलब्ध गराएको बताए । सरसफाइ अभियानलाई पालिका स्तरका विभिन्न स्थानहरूमा हरेक शनिवार सञ्चालन गरिने ताडीले बताए ।
Shaileshwori
Loading...