सुदूरपश्चिमकी कोरोना संक्रमित एक महिलाको मृत्यु
सुदूरपश्चिमकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कञ्चनपुर घर भएकी महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा आईतबार (आज) बिहान मृत्यु भएको हो । उनको बिहान साढे ४ बजे मृत्यु भएको मेडिकल कलेजले जनाएको छ । कञ्चनपुर जिल्लाकी २९ वर्षीया सुत्केरी महिलामा असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।