सूर्यमुखी बहुउद्देश्यीय सहकारीको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

चैत ३, डोटी
सूर्यमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार दिपायल सिलगढी नगरपालिकाका उपमेयर कल्पना साउदको प्रमुख आतिथ्यतता तथा सहकारीका अध्यक्ष लोक बहादुर बोहराको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । दिपायल सिलगढी नगरपालिकाको सभा हल सिलगढीमा आयोजित कार्यक्रममा अध्यक्ष बोहराले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष अमर बहादुर साउदले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 गत वर्ष सहकारीले एक करोड २७ लाख तीन हजार चार सय ४१ रुपैयाँ बराबरको कारोबार गरेको कोषाध्यक्ष साउदले बताए । सहकारीको शेयर पुजी दश लाख ९४ हजार, कोष रकम १७ लाख ६४ हजार आठ सय ३८ दशमलव १५र ऋण लगानी ९२ लाख ७५ हजार नौ सय ४७ रहेको छ । साधारण सभाले आगामी कार्य योजना पनि पास गरेको छ । सूर्यमुखी सहकारीका पाँच सय ५० शेयर सदस्य रहेका छन् ।
Sayalb
जिल्ला सहकारी सङ्घ डोटीका उपाध्यक्ष राम बहादुर खड्काले सहकारीले लगानी सही ठाउँमा गर्नुपर्ने बताए । सहकारीले अन्धाधुन्ध गर्ने लगानीले नै धेरै सहकारी डुबेकोले सूर्यमुखीलाई सही ठाउँमा लगानी गर्न खड्काले आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिकाका उपमेयर कल्पना साउदले सहकारीले रोजगारी सिर्जना गर्नेगरि काम गरिरहेकोमा खुसी व्यक्त गरिन् । सहकारीले विपन्न वर्गलाई सहुलियतमा कर्जा दिने तथा युवाहरूलाई स्वरोजगार हुने किसिमका विभिन्न काम गरिरहेकोले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरिन् । सहकारीको सेयर सदस्य समेत रहेकी उपमेयर साउदले निर्वाचित हुनुपुर्व सहकारीका विभिन्न क्रियाकलापमा सहभागी भएकोले सहकारीबाट धेरै कुरा सिक्ने अवसर पाएको बताइन् ।
कार्यक्रमको समापनमा बोल्दै सहकारीका अध्यक्ष लोक बहादुर बोहराले सहकारीलाई विश्वास गर्न आग्रह गरे । अन्य ठाउँबाट यहाँ आएका लघुवित्त भन्दा स्थानीय व्यक्तिहरूबाट सञ्चालित सहकारीलाई विश्वास गर्नुपर्ने अध्यक्ष बोहराले बताए । चनाखो भएर सहकारीको गतिविधि नियाल्न र सहभागी हुन पनि उनले सहकारीका शेयर सदस्यलाई अनुरोध गरेका छन् ।
 
Shaileshwori
Loading...