एकता बहुउद्देश्यीय सहकारी संस्थाको चौथो साधारण सभा सम्पन्न

चैत ४, डोटी । 
बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौमा रहेको एकता बहुउद्देश्यीय सहकारी संस्थाको चौथो साधारण सभा सम्पन्न भएको छ । शनिवार संस्थाका अध्यक्ष टेकबहादुर बोहराको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिंह ओलीको प्रमुख आतिथ्यमा सहकारीको चौथो साधारण सभा सम्पन्न भएको हो ।
bhukampa
कार्यक्रममा सहकारीका अध्यक्ष टेक बहादुर बोहराले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । २०७७ सालमा स्थापना भएको सहकारीमा छ सय २० जना शेयर सदस्य रहेका छन् । सहकारीको शेयर रकम छ लाख ६१ हजार चार सय, ७३ लाख ८७ हजार तीन सय छ रुपैयाँ बचत, ३० लाख तीन हजार नौ सय दुई ऋण लगानी रहेको अध्यक्ष बोहराले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
साथै सहकारीको चार कोठे भवनको उद्घाटन गरिएको छ । भवनको सुदूरपश्चिम प्रदेश सभा सदस्य ओलीले उद्घाटन गरेका हुन् । कार्यक्रममा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने लगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । संस्थाका लेखा संयोजक देवबहादुर बोहराले सहकारी संस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
Shaileshwori
Loading...