डोटीमा माटो खन्ने क्रममा च्यापिएर थप एक महिलाको मृत्यु, एक घाइते

चैत ११, डोटी
डोटीमा माटो खन्ने क्रममा थप एक महिलाको मृत्यु भएको छ । शनिवारको भएको घटना सेलाउन नपाउँदै माटो खन्ने क्रममा आईतवार थप एक महिलाको मृत्यु भएको छ ।
bhukampa
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आज दिउँसो साँढे २ बजेतिर माटो खन्ने क्रममा पुरिएर आदर्श गाउँपालिका–२ कुचेडाकी ६० वर्षीय भागादेवी ओझाको मृत्यु भएको हो । माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिदा ओझाको मृत्यु भएको हो । उहाँसँगै माटोमा पुरिनुभएकी ५० वर्षीया पार्वती खड्काको भने उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जानकारी दिनुभयो । अहिले उहाँको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
हिजो शनिवार मात्रै माटो खन्ने क्रममा शिखर नगरपालिका–९ की २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो । रोस्यारासँगै माटो खन्न गएका अन्य तिन जना महिलालाई भने उद्धार गरिएको थियो । नयाँ वर्ष नजिकिएसँगै घर पोत्नका लागि रातो तथा कमेरो माटो खन्ने क्रम बढ्दा यस्ता घटना घट्न थालेका छन् ।
Shaileshwori
Loading...