सुबास नेपाली
चैत्र ११, डोटी
डोटीको सिलगढी स्थित टुँडिखेलमा सम्पन्न भएको फुटबल पेनाल्टी सुट आउट प्रतियोगितामा शैलेश्वरी युवा क्लब धामी गाउँ विजयी भएको छ । आज भएको प्रतियोगितामा शिखर बहुउद्देश्यीय युवा क्लबलाई पराजित गर्दै शैलेश्वरी युवा क्लबले उपाधि हात पारेको हो ।
खेलकुदद्वारा हाम्रो एकता, लागु औषध विरुद्ध हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ शिलास्थान युवा क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । अहिलेका युवा लागू औषधको दुर्व्यसनीको सिकार हुन सक्ने भन्दै खेलका माध्यम द्वारा दुर्व्यसनी न्यूनीकरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक शिलास्थान युवा क्लबका अध्यक्ष हिक्मत मलासीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने शैलेश्वरी युवा क्लब धामी गाउँले ट्रफी ,प्रमाणपत्र र नगद ६ हजार ५ सय प्राप्त गरे भने द्वितीय हुने शिखर बहुउद्देश्यीय युवा क्लबले नगद रु ३ हजार र प्रमाणपत्र प्राप्त गरे ।