सरोकारवाला संवेदनशील नहुँदा मानव अधिकार उलङ्घनका घटना ओझेलमा 

सुबास नेपाली 
चैत्र १४, डोटी
मानव अधिकार उलङ्घनका घटनामा कानुन कार्यान्वयन गर्ने निकायहरूले खासै चासो नदिने गरेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)कैलालीको आयोजनामा “मानव अधिकारको अवस्था बारे सरोकारवाला सँगको अन्तरक्रिया ” कार्यक्रममा सहभागीहरूले उक्त गुनासो पोखेका हुन ।
Sayalb
मानव अधिकारको विषय संवेदनशील र गहिरो भएका कारण आम सर्वसाधारणलाई मानव अधिकार प्रत्याभूत राज्य गम्भीर बन्नु पर्ने जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । नेपालको संविधान २०७२ ले मानव अधिकार सम्बन्धी व्यवस्था गरेको भएता पनि कानुन कार्यान्वयन निकायहरूले तदारुकता नदेखाउँदा पिडकलाई प्रोत्साहन र पीडितले न्याय नपाएको मानव अधिकारकर्मी नवराज जोशीले बताए ।
हाम्रो समाजमा अझै पनि मानव अधिकारका उलङ्घनका घटना घटिरहेको भए पनि दलित समुदाय अझ त्यस वाट प्रताडित भइरहेको भन्दै राज्यले यस्ता प्रकारका घटना न्यूनीकरण गर्न कानुन कार्यान्वयनको पाटो बलियो बनाउनु  पर्ने  दलित महिला सङ्घ फेडोकि अध्यक्ष सरिता दियालीले बताइन् ।
घटनालाई  प्रतिसोधका भावले आफू अनुकूल नभई देवा दिने उद्देश्यले निष्पक्ष ढंग बाट गर्नुपर्ने भन्दै सरोकारवाला निकायको यस तर्फ ध्यान जानुपर्ने अधिकारकर्मी तथा सञ्चारकर्मी रामहरि ओझाले बताए ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक )का आलेख अधिकृत कृष्ण विश्वकर्माले मानव अधिकारको वर्तमान अवस्था झल्काउने सामाग्री प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंह, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का क्षेत्रीय संयोजक खडक राज जोशी ,जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला दीर्घ राज उपाध्याय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का आलेख अधिकृत कृष्ण विश्वकर्मा,सुरक्षा निकायका प्रमुख, जिल्ला  स्थित सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
Shaileshwori
Loading...