
चैत १७, डोटी

नेपाल केम्पो खुकुरी सङ्घ कैलालीको अध्यक्षमा उमेश विक्रम बम चयन भएका छन् । शनिवार गठन भएको सङ्घको अध्यक्षमा बम रहने गरी १५ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा विप्लव राना, दीपक चौधरी, सचिवमा अजय तामाङ र कोषाध्यक्षमा सुधासन चौधरी चयन भएका हुन् ।
त्यस्तै सदस्यहरूमा राहुल साउद, सन्दीप भट्ट, दीपक जोशी, सुनिल बोहरा, रोनिस विष्ट, रिऋि शर्मा, हरिस जोशी, सागर साही, विराज चौधरी, साहाना बोहरा र राम सुन्दर चौधरी चयन भएका छन् । धनगढी सम्पन्न भेलाको प्रमुख अतिथि पूर्ण पाण्डे, विशिष्ट अतिथि राखेप सदस्य मन्देब हजारा, केन्द्रीय उपाध्यक्ष मदन रेग्मी, केन्द्रीय सदस्य भरत शाहको उपस्थिति रहेको थियो ।
