नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन हुने

चैत २६, काठमाडौँ । यही चैत्र २८, २९ र ३० गते नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सम्मेलन गर्न लागेको जानकारी गराएको हो । शिखर सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने परिषद्ले जनाएको छ । सम्मेलनमा देश तथा विदेशबाट गरी करिब एक हजारभन्दा बढी स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येता सहभागिता रहने छन् ।
bhukampa
दिगो विकास लक्ष्य हासिल हुने गरी स्वास्थ्य क्षेत्रको रणनीतिक योजनालाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक धारणा तय गर्न सो शिखर सम्मेलन आयोजना गरिएको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए । उनले सम्मेलनले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।
Shaileshwori
Loading...