

सिता महता
चैत २६, डोटी
पत्रकार महासङ्घ डोटीले आयोजना गरेको किशोरीहरूका लागि ३ दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । आदर्श गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित तालिम सोमवार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रमको सभापति पत्रकार महासङ्घ डोटीका अध्यक्ष मोहन शाही र प्रमुख अतिथि जिल्ला समन्वय डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह रहेका थिए ।
महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत आयोजना गरिएको तालिममा आदर्श गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाका २४ जनाको सहभागिता रहेको थियो । तालिमको अन्तिम दिन आज सहभागीहरूलाई रेडियो नेपाल दिपायलको अवलोकन गराइएको थियो । तालिमको प्रशिक्षक पत्रकार रामहरि ओझा रहेका थिए ।
