चैत ३०, डोटी
डोटीमा बेहोस अवस्थामा फेला परेका एक जना पुरुषको मृत्यु भएको छ । आदर्श गाउँपालिका–२ मौवा स्थित सडक खण्डबाट लडेर बेहोस अवस्थामा फेला परेका ३२ वर्षीय लोग विकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीका अनुसार शुक्रवार मौवाका विकको मृत्यु भएको हो ।
दिउँसो साढे १२ बजेको समयमा विक लडेर घाइते भएको खबर प्राप्त भएपछि प्रहरीले बेहोस अवस्थामा उद्धार गरेर एम्बुलेन्स मार्फत जिल्ला अस्पताल डोटी पठाएको थियो । बेहोस अवस्थामा जिल्ला अस्पताल डोटी पुर्याइएका विकलाई डाक्टरले २ः२५ बजेतिर मृत घोषणा गरेका थिए । विक सडकबाट लडेर १२ फिट तल बेहोस अवस्थामा फेला परेका थिए ।