धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखामा कार्यरत एक जनामा कोरोना पुष्टी
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखामा कार्यरत एक जनामा कोरोना पुष्टी भएको छ । सेती प्रयोगशालामा गरिएको परिक्षणमा स्वास्थ्य शाखामा कार्यरत महिलाको रिर्पोट पोजेटिभ आएको हो । संक्रमित स्वास्थ्यकर्मी अहिले आफ्नै घरमा ‘होम आईसोलेसन’मा रहेको धनगढी उप महानगरका प्रेस सल्लाहकार टेकेन्द्र देउवाले जानकारी दिए ।