सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि एउटै पार्टीका दुई सांसदको दाबी पेस

कैलाली = सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीकै दुई प्रदेशसभा सदस्यले दाबी पेस गरेका छन्।

प्रदेश प्रमुख नाजिर मियाँले समय दिएको अन्तिम दिन सो पार्टीकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। उन्मुक्तिका संरक्षक रेशम चौधरीपक्षीय लक्ष्मणकिशोर चौधरी र अध्यक्ष रन्जीता श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
मुख्यमन्त्रीमा नियुक्त हुन् लक्ष्मणकिशोर चौधरीले नेपाली काँग्रेस, नकपा समाजवादी र राप्रपाको समर्थन रहेको पत्र पेस गरेका छन्।

यता, कैलाश चौधरीले भने नेकपा माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन्। प्रदेश प्रमुखले भने दुई जनाको दाबी पेस भएकाले मङ्गलवार सांसदहरूको लाइन लगाएर सनाखत गर्ने भएका छन्।
सुदूरपश्चिममा पहिलो पटक एकै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीका लागि दाबी पेस भएको छ।नागरिक उन्मुक्तिमा देखिएको विवादले अध्यक्ष रन्जित श्रेष्ठ पक्षधर कैलाश चौधरी र संरक्षक रेशमलाल चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। एकै पार्टीका दुई जना प्रदेश सभा सदस्यले फरक–फरक दाबी पेस गरेको भन्दै प्रदेश प्रमुखले आवश्यक कानूनी परामर्श पछि मात्रै मुख्यमन्त्री नियुक्त गर्छु भन्ने मौका पाएका छन्।

bhukampa

उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले नेपाली काँग्रेस, नेकपा समाजवादी र राप्रपाका सांसदको समर्थन रहेको दाबी पेस गरेका हुन्। यता, उन्मुक्तिकै कैलाश चौधरी पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। कैलाश चौधरीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदको हस्ताक्षरसहितको पत्र पेस गरेका छन्। सांसद कैलाश चौधरीले नेकपा एकीकृत समाजवादीको समेत समर्थन प्राप्त हुने भन्दै दाबी पेस गरेको बताए। ‘नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थन मलाई छ।

नेकपा समाजवादीको पनि समर्थन हुने भएपछि मुख्यमन्त्रीका लागि दाबी पेस गरिएको हो’, कैलाश चौधरीले भने। लक्ष्मणकिशोर चौधरीले पेस गरेको दाबीमा १८ जना नेपाली काँग्रेसका ४ जना एकीकृत समाजवादी ५ जना नागरिक उन्मुक्ति र एक जना राप्रपा सांसदसहित २८ जना सांसदको समर्थन देखिएको छ। यता, कैलाश चौधरीले १० जना एमाले, १० जना माओवादी केन्द्र, दुई जना उन्मुक्ति र एक जना स्वतन्त्र सहित ४ जना समाजवादीका सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका छन्।

 

दिनेश खबरबाट

Shaileshwori
Loading...